प्रतिनिधिसभा बैठक
अर्थमन्त्रीले प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने
बुधबार, २३ जेठ २०८१, ११ : २०
काठमाडौँ । संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको सामान्य छलफल बुधबार सकिँदैछ । ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्न बाँकी सांसदले बोलिसकेपछि सांसदहरूले बजेट वक्तव्यमाथि उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम तय भएको छ ।
संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार अर्थमन्त्रीले जवाफ दिएपछि विनियोजन विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि बजेटमाथिको मन्त्रालयगत छलफल सुरु हुनेछ । राष्ट्रियसभा बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्रीले मङ्गलवार नै जवाफ दिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण