मन्त्रिपरिषद्
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
बिहीबार, २४ जेठ २०८१, १६ : ५६
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ । आजको बैठकमा केही देशका राजदूत फिर्ता बोलाउनेबारे छलफल हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।
‘ठोस एजेन्डा त थाहा भएन । तर केही देशका राजदूत फिर्ता बोलाउनेबारे मन्त्रिपरिषदमा प्रस्ताव आउन सक्छ’, ती मन्त्रीको भनाइ छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे समेत आजको बैठकले निर्णय गर्नसक्ने ती मन्त्रीको भनाइ छ ।
भारतमा सम्पन्न चुनावपछि भाजपा नेता नरेन्द्र मोदी पुन प्रधानमन्त्री बन्ने र उनको शपथका दिन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा आएकाले प्रधानमन्त्री आइतबार भारतको नयाँदिल्ली जाने तयारीमा छन् । त्यसको औपचारिक निर्णय हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण