नाट्टामा राम शोभितको उम्मेदवारी
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को सदस्यमा राम शोभित नायकले उम्मेदवारी दिएका छन् । शुक्रबार हुने तय भएको निर्वानमा उनले उम्मेदवारी दिएका हुन् ।
अध्यक्ष पदमा नाट्टाका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल र महासचिव कुमारमणि थपलियाले उम्मेदवारी दिएका सदस्य पदमा भने नायकसहित दिनेश मैनाली, सुदर्शन गजुरेल, श्रद्धा जोशी, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेलले उम्मेदवारी दिएका हुन् ।
नायक नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स एजेन्टसको यसअघि पनि सदस्य भइसकेका उनले पर्यटन प्रदर्दनका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएका छन् ।
पर्यटन क्षेत्रमा थप योगदान दिने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको भन्दै उनले विगतमा जस्तै यो पटक पनि सबैले विश्वास गरेर अमूल्य मतदान गर्ने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण