यी फुच्चे ब्रुस ली : ८ वर्षको उमेरमा ४ घण्टा अभ्यास गर्छन्
काठमाडौँ । र्युसेई ‘र्युजी’ इमाई जापानको नाराका ८ वर्षीय बालक हुन् । उनले आफ्नो जीवन मार्सल आर्टसका लिजेन्ड ब्रुस लिको नक्कल गर्न समर्पित गरेका छन् ।
यति सानो उमेरमा नै उनी हरेक दिन साढे चार घण्टा अभ्यास गर्छन् । उनले आफ्नो शरीर समेत ब्रुस लीको जस्तै बनाइसकेका छन् ।
र्युजी करीब तीन वर्ष अघि चर्चामा आएका थिए । सन् १९७२ को चलचित्र ‘गेम अफ डेथ’ को एउटा द्वन्द्वको दृश्यमा ब्रुस लीले ननचाकू चलाएको तरिकालाई ठ्याक्कै नक्कल गरेको भिडियो समाजिक सञ्जालमा भाइरल बनेको थियो ।
उनलाई विश्वकै ठूला मिडियाहरुले पछ्याएका थिए भने समाजिक सञ्जालमा उनका हजारौँ फलोअर थपिएका थिए । त्यसपछि उनी सुपरकिड्स नामक टिभी शोमा पनि देखिएका थिए ।
यति सफल हुँदा हुँदै पनि उनले आफ्नो मिहिनेतमा कमी आउन दिएका छैनन् । बरु उनले आफ्नो अभ्यासमा थप ध्यान दिँदै ब्रुस लीका चर्चित द्वन्द्वका दृश्य लाई नक्कल गर्न सिकिरहेका छन् ।

द लिटल ब्रुस ली भनेर चिनिने उनी र्युसेई इमाई हरेक दिन साढे चार घण्टा अभ्यास गर्ने गरेका छन् । उनका पिता अनुसार उनी बिहान ६ बजेर उठेर डेढ घण्टा अभ्यास गर्छन् । त्यसपछि स्कूलबाट फर्केर उनी थप एक घण्टा ब्यायाम गर्छन् । त्यसपछि दुई घण्टा किक र ननचाकूको अभ्यास गर्छन् ।
उनका पिता अनुसार र्युजी १ वर्षको उमेरको हुँदा देखि नै ब्रुस लीका चलचित्र हेर्थे । त्यसपछि चार वर्षको उमेर पुगेपछि उनले चलचित्रका दृश्य नक्कल गर्न थाले । अर्को एक वर्षभित्र उनले गेम अफ डेथको ननचाकू दृश्यलाई नक्कल गर्न सिकिसको थिए ।
र्युजीका हाल फेसबुकमा कम्तिमा २ लाख ९० हजार फलोअर रहेका छन् ।
उनको आफ्नै युट्युब च्यानलपछि छ । जहाँ उनका पिताले बेलाबेला उनको नयाँ भिडियोहरु अपलोड गर्ने गरेका छन् ।
उनको पिताको अनुसार र्युजी ब्रुस ली जस्तो बन्न चाहन्छन् । तर, केहीले भने उनको पिताले उनीबाट बाल्यकाल खोसेको आरोप पनि लगाउँछन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण