वैदेशिक रोजगार व्यवसाय क्षेत्रको सुधारका लागि परराष्ट्र मन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । वैदेशिक रोजगार व्यावसायिक गणतान्त्रिक मञ्चले वैदेशिक रोजगार व्यवसाय क्षेत्रको सुधारका लागि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ।
वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विद्यमान समस्या र तिनको समाधान कसरी गर्न सकिन्छ भन्दै मञ्चले सुझावसहितको ज्ञापन पत्र बुझाएको हो। नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा मञ्चले जोड दिएको छ।
वैदेशिक रोजगारमा जाने कामदारको हक हितको संरक्षण, वैदेशिक रोजगार ऐनमा सुधार, बजार प्रवर्द्धन र लागत खर्चको आधार कामदार पठाउँदा लिने सेवा शुल्कमा समयानुकूल वृद्धि लगायतका व्यवसायीहरूका जायज मागहरू सम्बोधन गर्न बारम्बार अनुरोध गर्दै आएको विषय पुनः स्मरण गराएको छ।
व्यवसायीहरूको निरन्तरको अनुरोध पछि पनि जायज मागहरूको प्रभावकारी सुनुवाइ नभएको अवस्था मञ्चको ठहर छ। आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रममा केही विषय समेटिए पनि त्यसपछि आएको बजेट वक्तव्यमा छिटफुट रूपमा मात्रै सम्बोधन भएको मञ्चको दाबी छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण