काठमाडौँ । काठमाडौँ महानगरपालिकाले झन्डै एक वर्षदेखि प्रत्येक शनिबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्रि डे) मनाउँदै आइएको छ । हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ ।
_wf3UQwOvR4.jpg)
यस क्षेत्रमा दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइन्छ । यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई धोवीखोला कोरिडोर, गहना पोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।
_fkbQbanRin.jpg)
हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रूपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवीकालका मन्दिरहरू भएको प्रमाण पाइन्छ ।
_LrJNasp3Ol.jpg)
इसापूर्व दोस्रो शताब्दीका पुरातात्त्विक अवशेष र अन्य सम्पदा भवनहरूको जग यसै क्षेत्रमा मात्र छन् । स्थानीयहरू दुई बजे पछि सडक छेउमा नेवारी स्वादका परिकारहरू बनाउन व्यस्त देखिन्छन् । बालबालिकाहरू निर्धक्क भएर सडकमा खेलिरहेको देख्न सकिन्छ ।
तस्बिरहरू : मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
_pCHx2iNTnZ.jpg)
_pDc9cqxdyy.jpg)
_mMmj6T4FMu.jpg)
_glnUg66Fs4.jpg)
_RIvR2msvz7.jpg)
_q6lERssg1l.jpg)
_Nsy2ALg98d.jpg)
_ZMckkrViMr.jpg)
_OeYQwMcgej.jpg)
_DC0YTTF8nH.jpg)
_V43OeLbmXP.jpg)
_kDgERyfOdp.jpg)
_tUuUc3Rjbj.jpg)
_uYePv1hYK6.jpg)
_Bz0c97fWtK.jpg)
_SJCZR7R1SP.jpg)
_yy0Eyats8F.jpg)
_3sGKSBXr7m.jpg)
_v84AjKnue0.jpg)
_pfWn7C2com.jpg)
_8kLXzYCqR3.jpg)
प्रतिक्रिया