पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
मङ्गलबार, ०५ साउन २०८३, १३ : ४२
पाकिस्तानमा गएको २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तिमा नौ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । यो सँगै गत जुन –२६ देखि देशव्यापी मनसुनी वर्षा जन्य घटनामा मृत्यु हुनेको सङ्ख्या ४७ जना पुगेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।
आकस्मिक बाढीका कारण घर भत्किदा मृत्यु हुनेमा उत्तरपश्चिम खैबर पख्तुनख्वाका छ जना र कश्मीरका तीन जना रहेको एनडिएमएले उल्लेख गरेको छ ।
एनडिएमएका अनुसार मनसुन सुरु भए देखि १२३ जना घाइते भएका छन् भने १७८ वटा घरहरू क्षतिग्रस्त भएको र करिब ३।४२ किलोमिटर सडक प्रभावित भएको जनाइएको छ ।
एनडिएमएले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई, बाढी– पहिरो तथा वषाए जन्य जोखिमबाट सतर्क रहन आग्रह गर्दै आगामी दिनमा मनसुन वर्षा जारी रहने पूर्वानुमान जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण