मौद्रिक नीतिको तयारीमा जुट्यो केन्द्रीय बैंक, माग्यो सुझाव
काठमाडौँ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको तयारीमा जुटेको हो ।
बैंकले एक सूचना जारी गर्दै आगामी वर्षको मौद्रिक नीतिमाथि राय÷सुझाव नै मागेको छ । आज जारी एक सूचनाअनुसार यही असार १६ भित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई भनिएको छ ।
केन्द्रीय बैंकले साउन पहिलो साता भित्र मौद्रिक नीति ल्याउनेगरी तयारी गरेको देखिन्छ । केन्द्रीय बैंकले राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम मौद्रिक नीति सार्वजनिक गर्दै आएको । मौद्रिक नीतिमा सुझाव दिन चाहनेले आर्थिक अनुसन्धान विभागको ठेगानामा पठाउनुपर्नेछ ।
आगामी वर्षको बजेट प्रस्तुत गरिसकेपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले बजेटसँग तादाम्यता मिलाउनेगरी मौद्रिक नीति आउनेमा आफू विश्वस्त रहेको बताएका थिए । उनले नेपाल राष्ट्र बैंकलाई नचिढ्याउने नीतिअनुरुप यस्तो बताएका थिए ।
अर्थमन्त्री पुनले भनेजस्तै बजेटले लिएका लक्ष्य र नीतिलाई मौद्रिक नीतिले समेट्छ वा समेट्दैन भन्ने विषय सार्वजनिक भएपछि नै देखिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण