प्राइम बैंकको थप दुई एक्सटेन्सन काउन्टर
आइतबार, २७ जेठ २०८१, २२ : १२
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । गत जेठ २५ गते गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जय राम महतले गोकर्णेश्वरको हनुमान चोकमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।
यसै गरी, बैंकले आइतबार कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन वडाध्यक्ष राममणि पुडासैनीले गरे । नयाँ २ एक्सटेन्सन काउन्टरसहित बैंकको शाखा सङ्ख्या १८९ र एक्सटेन्सन काउन्टर सङ्ख्या ५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण