एक करोडभन्दा बढी मूल्यका सामान चोरी गरेको अभियोगमा दुई जना पक्राउ
कास्की । एक करोड भन्दा बढी मूल्यका सामानहरू चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२२ घर भई सोही महानगरपालिका-१३ मियापाटन बस्ने २१ वर्षीय नविन नेपाली र सोही महानगरपालिका-४ गैह्रापाटन बस्ने गोरखा घर भएका २९ वर्षीय सुवास थापा मगर रहेका छन् ।
पोखरा महानगरपालिका-१७ घारिपाटन बस्ने लक्ष्मी कान्त शर्मा र शर्माकै घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको कोठाबाट विभिन्न सुनका गरगहना ४२ तोला, मोवाइल, ल्याप्टप, क्यामेरा तथा अन्य सामान र नगद ३ लाख ८० हजार रूपैयाँ गत जेठ ११ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
दुवै जना अभियुक्त पेशेवर चोर रहेको र यसअघि समेत चोरी मुद्दामा पक्राउ तथा कारवाही भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट २४ तोला ८४ लाल बराबरको सुनका विभिन्न गरगहना, मोबाइल २२ थान, क्यामरा ९ थान, ल्यापटप १५ थान, टिभी २ थान, भाँडावर्तन ४६ थान, कफी मेसिन २ थान, नगद ११ हजार ५ सय ६८ रूपैयाँ, घडी ११ थान, ड्रोन क्यामरा २ थान, रेडियो सेट वाकीटकी २ थान, चार्जर २ थान, चोरीमा प्रयोग भएको फलामको रड ३ थान, पेन्चिस २ थान, हेक्सा ब्लेड १ थान, पिलास २ थान, तार काट्ने कटर १ थान र फलामको कुटो १ थान बरामद गरेको छ ।
उनीहरूलाई चोरी तथा डाँका मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण