अमेरिका र युरोप पठाउने लोभ देखाएर ४ करोड ठगेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । युरोप र अमेरिका पठाउने लोभ देखाएर ४ करोड भन्दा बढी ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ घर भएर पेप्सीकोला बस्ने नारायण कुमार खड्का छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर उनलाई भारतबाट पक्राउ गरेर काठमाडौँमा सार्वजनिक गरेको छ । आरोपीको बैंक खातामा ४ करोड ३३ लाख ६८ हजार रुपैयाँ आर्थिक कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
उनीविरुद्ध विभिन्न प्रहरी युनिटहरुमा ८ वटा बैंकिङ्ग कसुरको मुद्दापनि दर्ता भएको भेटिएको छ । बैकिङ्ग कसुर र ठगी मुद्दामा प्रहरीले खोज्न थालेपछि उनी पछिल्लो समय भारतमा बस्न थालेका हुन् ।
काठमाडौँमा ‘हाई लिंक एजुकेशन कन्सल्टेन्सी छ’ भनेर उनले पीडितहरूबाट रकम असुल्दै आएका थिए । तर, उनले कन्सल्टेन्सी सञ्चालन गरेको नभेटिएको एसएसपी भट्टराईले बताए । अमेरिका लैजाने लोभ देखाएर उनले पीडितहरूलाई घानासम्म लगेर अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । युरोप सपना देखाएर उनले प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म असुलेको भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण