विधि, पद्धति र नियमभित्र रहेर बजेट ल्याइयोस् : कांग्रेस
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेश सरकारले विधि, पद्धति र नियमभन्दा बाहिर गएर आगामी आर्थिक वर्षको बजेट ल्याएमा कांग्रेसलाई मान्य नहुने बताएको छ ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८१÷८२ को सरकारको नीति तथा कार्यक्रमजस्तै ढङ्गले बजेट ल्याइएमा कांग्रेसले प्रतिवाद गर्ने बताए ।
बजेटको तयारी मन्त्री र नेताको सचिवालयका कार्यकर्ता तथा विचौलियाको प्रभावमा नभई मन्त्रालयको प्रक्रिया, विधि, पद्धति र नियममा बसेर बजेट निर्माण गर्न सरकारलाई सचेत गराउने निर्णय भएको उनले जानकारी दिए ।
कांग्रेसले आगामी आर्थिक वर्षका लागि अनावश्यकरुपमा बजेटको आकार बढाएर आफ्ना सांसद र कार्यकर्तालाई थम्थम्याउने काम नगर्न पनि सचेत गराएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार जोगाउने नाममा मन्त्रालय फुटाएर आर्थिक व्ययभार थप्नेगरी मन्त्री नियुक्त गर्ने कुराको विरोध गर्ने पनि शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव