कम्बोडिया पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
बुधबार, ३० जेठ २०८१, १० : ३०
१
काठमाडौँ । सामाजिक सञ्जालमार्फत कम्बोडिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–४ सितापाइला घर भएका १८ वर्षीय अङ्कित बस्नेत छन् ।
सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत उनले कम्बोडियाको विज्ञापन राखेर रोजगार अनुमति दिलाउँछु भनेर ५ लाख रुपैयाँ ठगेका हुन् ।
अनलाइनमा च्याट गरेर उनले पीडितलाई आफ्नो खातामा सो रकम डिपोजिट गर्न लगाएका हुन् । आरोपीलाई ठगी सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण