१,००० जनाभन्दा बढीलाई ठग्ने कन्सल्टेन्सीका संचालकसहित ६ जना पक्राउ
काठमाडौँ । पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा पठाइदिने भनि एक हजार जनाभन्दा बढी मानिसहरुलाई ठगी गर्ने कन्सल्टेन्सीका संचालकसहित ६ जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रेशम रावल समेत ६ जनालाई पक्राउ गरेको हो ।
उनीहरुले संचालन गरेको युनिक कन्सल्ट एण्ड कन्सल्टेन्सी, वर्ल्डवाइड कन्सल्ट एण्ड कन्सल्टेन्सी लगायत नाम करेका ४ वटा कन्सल्टेन्सीबाट रोजगारी तथा भिजिट भिसामा ती देश पठाउने भनि सक्कल राहदानी, नागरिकता, शैक्षिक प्रमाण पत्र सबै सक्कलै कागजातहरू लिई रकम उठाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले कन्सल्टेन्सीमा खानतलासी गर्दा राहदानी थान २२९ सहितका कागजात भेटिएको छ भने पक्राउ पेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । उनीहरुले २ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण