काठमाडौँबाट वंशजको नागरिकता लिन खोज्ने तीन जना भारतीय पक्राउ
काठमाडौं । झुट्टा विवरण पेश गरी वंशजको नागरिकता लिन खोजेको अभियोगमा तीन जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने भारत घर भएका ५१ वर्षीय हरियोम गुप्ता भन्ने हरिओम कुमार र उनकै छोराहरू २० वर्षीय ऋषि गुप्ता र १८ वर्षीय किशोर रहेका छन् ।
ऋषि गुप्ता समेतले आफ्ना बुबालाई बेपत्ता भएको बनाई भारतीय नागरिक भएको तथ्यलाई समेत लुकाई वंशज नाताले नागरिकता लिनको लागि झुट्टा विवरण दिई वडा कार्यालयबाट सर्जमिन मुचुल्का सहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फारम भरी पेश गरेका थिए ।
उनीहरू उपर नागरिकता ऐन अन्तर्गतको कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण