अनैतिक गतिविधि गरेको आरोपमा कैलालीबाट ४ जना पक्राउ
बिहीबार, ३१ जेठ २०८१, १४ : ४३
काठमाडौँ । अनैतिक गतिविधिमा संलग्न आरोपमा प्रहरीले कैलालीबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना महिला र एक जना पुरुष छन् ।
धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा रहेको बुढीनन्द होटल र धनगढी गाउँमा रहेको सञ्जीव होटलमा चेकजाँच गरेर उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
पक्राउ पर्नेमा ४५ वर्षीया, २२ वर्षीया, ३२ वर्षीया महिला तथा २३ वर्षीय पुरुष छन् । उनीहरुविरुद्ध प्रहरीले सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण