असार दोस्रो साताभित्र १३१ मेट्रिक टन रासायनिक मल नेपाल भित्रिने
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी सिजनका लागि १३१ मेट्रिक टन रासायनिक मल आयात भइरहेको जनाएको छ । मन्त्रालयले बिहीबार रासायनिक मलको पछिल्लो विवरण सार्वजनिक गर्दै १३१ मेट्रिक बाटोमा रहेको जनाएको हो ।
मन्त्रालयको तथ्याङ्क अनुसार ५१ हजार मेट्रिक टन डीएपी विशाखापटमबाट नेपाल निर्यात हुँदै छ । सोबाट केही परिमाणको मल नेपाल भित्रिसकेको छ ।
यस्तै, जीटुजीबाट नेपाल आयात हुने मलमध्ये २५ हजार मेट्रिक टन डीएपी मल स्रोत मुलुकबाट चलान हुने र असारको दोस्रो हप्ता नेपाल आइपुग्ने उल्लेख छ ।
यस्तै, २५ हजार मेट्रिक टन डीएपी र ३० हजार मेट्रिक टन युरिया मल कोलकाता आइसकेको र असारको पहिलो हप्ताबाट नेपाल भित्रिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल ९४ हजार ५ सय १३ मेट्रिक टन रासायनिक मल मौज्दात छ । हाल मौज्दात रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिटेडसँग ६१ हजार १३६ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिडेटसँग ३३ हजार ३७७ मेट्रिक टन रहेको मन्त्रालय तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, युरिया ६१ हजार ६०५ मेट्रिक टन, डीएपी २२ हजार ४०६ र पोटास १० हजार ५०२ मेट्रिक टन रासायनिक मल मौज्दात छ ।
मन्त्रालयले रोपाइँको समयमा रासायनिक मलको अभाव नहुने दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण