बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

शुक्रबार, ३२ जेठ २०८१, ०६ : २३
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ । 

आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

यी मन्त्रालयउपर विभिन्न सांसद्हरुले खर्च घटाउन प्रस्ताव पेस गर्नेछन् । उक्त प्रस्तावहरूलाई पनि आजै निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

355

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप