वीरगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ
शुक्रबार, ३२ जेठ २०८१, १० : ४९
काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ३० वर्षीय मोहमद नेजामुदिन सिद्धकी छन् ।
आरोपीको साथबाट १०२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दिपक भारतीले जानकारी दिए । भारतीय नम्बरको इलेक्ट्रिक गाडीमा खैरो हेरोइन बोकेर हिँडेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण