सभामुखद्वारा प्रतिनिधिसभामा उठेका विषयहरूप्रति सरकारको ध्यानाकर्षण
शुक्रबार, ३२ जेठ २०८१, १२ : १३

काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधिसभामा उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारको ध्यानाकर्षण गराउँदै उनले भने– ‘यहाँहरूले सदनमा शून्य, आकस्मिक एवं विशेष समयमा उठाउनुभएका विषयहरूप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गराउनुपर्ने लगायत जनसरोकारका विभिन्न विषयमा आवाज उठाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो
-
दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
-
पाँच प्रदेशमा फैलियो मनसुन, आज यी तीन प्रदेशमा धेरै वर्षा हुने सम्भावना
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?