कति इजरायली बन्दी जीवित छन् भन्ने हमासलाई पनि छैन थाहा
गाजा । गाजामा हमासको कब्जामा करिब १२० जना इजरायली बन्दी रहेको अनुमान गरिएको छ ।
यी बन्दीहरूको भविष्य इजरायल र हमासबीचको रक्तपातपूर्ण युद्ध अन्त्यका लागि हुने कुनै पनि सम्झौताका लागि महत्त्वपूर्ण छ । तर हमासका एक शीर्ष अधिकारीले भने कसैलाई पनि इजरायलबाट बन्धक बनाएर ल्याएका मध्ये कति जना बन्दी अब जिउँदो छन् भन्ने थाहा नभएको बताएका छन् ।
यी बन्दीहरूलाई रिहा गर्ने सर्तसहितको कुनै पनि सम्झौतामा स्थायी युद्ध विराम र गाजाबाट इजरायली सेना पूरै फिर्ता गर्नु पर्ने बुँदा समावेश गर्नु पर्ने हमासका प्रवक्ता तथा राजनीतिक विभागका सदस्य ओबामा हमदानले भनेका छन् ।
वार्ताको साँचो हमासको हातमा रहेको अमेरिकाको विश्वास छ । अमेरिकाले इजरायलमाथि पनि युद्ध विरामको प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेको छ । युद्ध विरामको मामिलामा मोल मलाई रोक्नै पर्छ भनेर अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले बिहीबार बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण