‘क्रिप्टो माइनिङ’मा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘क्रिप्टो माइनिङ’ मा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी होबिन्द्र बोगटीका अनुसार कीर्तिपुर नगरपालिका–१ का ४० वषसर््य विश्वास गुरुङ र भक्तपुर नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र ताहामतालाई पक्राउ गरिएको हो ।
प्रवक्ता बोगटीका अनुसार सीटीईभीटी अन्तर्गतको टीआईटीआई (ट्रेनिङ इन्स्टिच्युसन आफ टेक्निकल इन्सट्रक्सन) को भवनमा रहेको इन्फर्मेसन टेक्नोलोजी ल्याबमा क्रिप्टो करेन्सी माइनिङ भइरहेको भन्ने सूचनाका आधारमा ब्यूरोको टोलीले उक्त भवनमा रहेका कम्प्युटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान गरेको थियो ।
यस क्रममा एउटा सर्भर र ६४ वटा डेक्सटप कम्प्युटरमा क्रिप्टो माइनिङ एप्लिकेसन सञ्चालन भइरहेको पाइएपछि उल्लेखित सर्भर र ६४ थान सीपीयू बरामद गरी उक्त ल्याबको जिम्मेवारीमा रहेका गुरुङ र ताहामतालाई बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण