विराटनगरका सडकमा सौन्दर्यीकरण अभियान
मोरङ । विराटनगरलाई सुन्दर सहरका रुपमा विकास गर्ने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाको आज शुभारम्भ गरिएको छ । महानगरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर–६ र ९ स्थित भट्टीचोकमा रहेका डिभाइडरको बीचमा आज फूलको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् ।
महानगर प्रमुख कोइरालाले रोपिएका फूल एवं बिरुवा संरक्षणका लागि नगरवासीलाई आग्रह गर्दै आगामी दिन थप अन्य क्षेत्रमा सौन्दर्यीकरण अभियान सञ्चालन गरिने र यसलाई नगरको गहनाका रुपमा लिनुपर्ने बताए ।
महानगरमा रहेका वित्तीय संस्थाको सहयोगमा वरगाछीदेखि रानीसम्म पाँच किलोमिटर क्षेत्रमा रु ५५ लाखको लागतमा आगामी एक वर्षभित्र ४६ वटा मिडियम (डिभाइडर) सडक सौन्दर्यीकरण अभियान सम्पन्न गरिने अभियान उपभोक्ता समितिका अध्यक्ष बेनीगोपाल मुण्दडाले जानकारी दिए ।
मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र महानगरकी उपप्रमुख शिल्पा कार्कीले नगर क्षेत्रलाई हराभरा बनाउन यस कार्यले मद्दत पुगेको बताए । फूल र बिरुवाको सुरक्षाका लागि तारजाली लगाउन, फूल रोप्ने ठाउँमा खाल्डो खन्ने, मल लगाउनेलगायत कार्य सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण