६ लाख बराबरको चोरीको सामानसहित युवक पक्राउ
आइतबार, ०२ असार २०८१, १० : ४१
काठमाडौँ । चोरीमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भएर चन्द्रागिरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुनिल महर्जन छन् ।
उनले जेठ १८ मा डल्लु स्थित विष्णु मग्रातिको डेरा र जेठ ३१ मा नागढुंगा स्थित बसन्डोलमा चोरी गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले महर्जनको डेराबाट ६ लाख १८ हजार बराबरको चोरीको सामान बरामद गरेको छ ।
आरोपीले चोरी गरेको सुनका गहना, आइप्याड, ल्यापटप, मोबाइल र घडी सहित ६ लाख १८ हजारको सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण