कृषि बहुउद्धेश्यीय सहकारीको रकम अपचलनमा संलग्न ४ जना पक्राउ
काठमाडौँ । ललितपुर कुमारीपाटीमा केन्द्रीय कार्यालय रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाले सयौँ बचतकर्ताहरूको झन्डै १ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यक्ष सहित ४ जना सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सजना राजकर्णिकार, तेजविक्रम थापा, सञ्जय सापकोटा र भीमसेन महर्जन रहेका छन् ।
२०८० पुस १९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा पीडित ५६६ जना बचतकर्ताहरूले सहकारी विरुद्ध मुद्दा दर्ता गरेपछि अपराध अनुसन्धान कार्यालयले सञ्चालकहरूको खोजी गरेको थियो । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेज विक्रम थापा सहित अन्य सदस्यहरू फरार रहेका थिए ।
तर, अनुसन्धान कार्यालयबाट खटिएको टोलीले २०८१ जेठ ३२ गते काठमाडौँको विभिन्न स्थानहरूबाट अध्यक्ष थापा समेत गरी ४ जना सञ्चालक तथा व्यवस्थापकहरूलाई पक्राउ गरेको हो । सहकारी ठगी सम्बन्धी कसुरमा थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको समेत काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
सहकारीले २५३१ जना बचतकर्ताहरूको ९४ करोड २३ लाख ९२ हजार रुपैयाँ बचत अपचलन गरेको आरोप लागेको छ । ५६६ जना जाहेरीकर्ताले दिएको उजुरीका आधारमा संस्थाले करिब २ अर्ब ८० करोड रुपैयाँ बराबरको निक्षेप सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण