कृषि बहुउद्धेश्यीय सहकारीको रकम अपचलनमा संलग्न ४ जना पक्राउ

काठमाडौँ । ललितपुर कुमारीपाटीमा केन्द्रीय कार्यालय रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाले सयौँ बचतकर्ताहरूको झन्डै १ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यक्ष सहित ४ जना सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सजना राजकर्णिकार, तेजविक्रम थापा, सञ्जय सापकोटा र भीमसेन महर्जन रहेका छन् ।
२०८० पुस १९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा पीडित ५६६ जना बचतकर्ताहरूले सहकारी विरुद्ध मुद्दा दर्ता गरेपछि अपराध अनुसन्धान कार्यालयले सञ्चालकहरूको खोजी गरेको थियो । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेज विक्रम थापा सहित अन्य सदस्यहरू फरार रहेका थिए ।
तर, अनुसन्धान कार्यालयबाट खटिएको टोलीले २०८१ जेठ ३२ गते काठमाडौँको विभिन्न स्थानहरूबाट अध्यक्ष थापा समेत गरी ४ जना सञ्चालक तथा व्यवस्थापकहरूलाई पक्राउ गरेको हो । सहकारी ठगी सम्बन्धी कसुरमा थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको समेत काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
सहकारीले २५३१ जना बचतकर्ताहरूको ९४ करोड २३ लाख ९२ हजार रुपैयाँ बचत अपचलन गरेको आरोप लागेको छ । ५६६ जना जाहेरीकर्ताले दिएको उजुरीका आधारमा संस्थाले करिब २ अर्ब ८० करोड रुपैयाँ बराबरको निक्षेप सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
-
महालेखाको प्रतिवेदनले भन्यो - दूरसञ्चार कम्पनीको १ करोड ४२ लाख रोयल्टी र जरिवाना उठाउनू
-
त्रिभुवन सहितका विश्वविद्यालयको साढे २२ हजार रोपनीभन्दा बढी जग्गा अतिक्रमण तथा विवादमा
-
सबैभन्दा बढी बेरुजु मधेश प्रदेशमा
-
सिम्रौनगढका मेयर चढ्ने गाडी रौतहटमा दुर्घटना
-
भूमिसम्बन्धी अध्यादेश र विधेयक : बाटो फरक ‘विषयवस्तु’ उही