पर्साबाट साढे २२ किलो लागु औषध गाँजासहित एक जना पक्राउ
आइतबार, ०२ असार २०८१, १२ : ५४
वीरगन्ज । पर्सा प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । गाई गोठमा लागु औषध गाँजा लुकाई छिपाइ राखेको अवस्थामा पक्राउ गरिएको पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले साढे २२ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले टोलीले पटेर्वा सुगौली वडा नम्बर ४ बस्ने भथौडा का २९ वर्षीय अमित कुमार चौधरीलाई पक्राउ गरेको हो । प्रहरीलाई प्राप्त सूचनाको आधारमा छापामारी गर्दा चौधरीको गोठबाट ७ पोका लागु औषध गाँजा बरामद भएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
पक्राउ परेका साहमाथि लागु औषध सम्बन्धी कसुरमा म्याद थप भई अनुसन्धान प्रक्रिया बढाइएको प्रहरीले जनायो । पक्राउ परेका चौधरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण