बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

प्रभाव पार्न सक्ने खेलाडी : एन्जेलो म्याथ्यूज (श्रीलंका)

आइतबार, ०२ असार २०८१, १४ : ४७
आइतबार, ०२ असार २०८१

काठमाडौँ । एन्जेलो म्याथ्यूज टी–२० विश्वकपको नवौँ संस्करणमा होमिएको श्रीलंकाली टोलीको सबैभन्दा अनुभवी खेलाडी हुन् । उमेरले ३७ वर्ष पुगिसकेका म्याथ्यूज टोलीका अलराउन्डर खेलाडी हुन् । उनी ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै विधामा निपुण छन् ।

विश्वकपको नवौँ संस्करणमा भने उनी खासै जम्न सकेका छैनन् । उनले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा गतिलो प्रदर्शन गर्न सकेनन् । तर, नेदरल्यान्ड्सविरुद्धको खेलमा भने श्रीलंकाली टोलीले उनीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ ।

एन्जेलो म्याथ्यूजले श्रीलंकाका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म १४ हजार नौ सय १० रन बनाइसकेका छन् । थप ९० रन बनाए अन्तर्राष्ट्रिय क्रिकेटमा उनको १५ हजार रन पुरा हुनेछ ।

यसैगरी उनले अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म दुई सय चार विकेट पनि लिइसकेका छन् । उनले देशका लागि एक सय नौ टेस्ट खेल्दै कुल सात हजार ६ सय आठ रन बनाएका छन् । उनले यो ढाँचाको क्रिकेटमा १६ शतक र ४१ वटा अर्धशतक प्रहार गरेका छन् ।

टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय रन हो । उनले दुई सय २६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुल पाँच हजार नौ सय १६ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले तीन शतक र ४० अर्धशतक बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ३९ रन हो । यसका अतिरिक्त उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ८९ खेल खेल्दै कुल एक हजार तीन सय ८६ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले ६ वटा अर्धशतक प्रहार गरेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित ८१ रन हो । उनले टेस्ट क्रिकेटमा ३३ विकेट पनि लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ४४ रन खर्चिएर चार विकेट हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक सय २६ विकेट लिएका छन् ।

बलिङतर्फ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल २० रन खर्चिएर ६ विकेट हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले ४५ विकेट लिइसकेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल १६ रन खर्चिएर तीन विकेट हो ।

यसका अतिरिक्त उनी टोलीका प्रभावशाली फिल्डर पनि हुन् । उनले टेस्ट क्रिकेटमा ७४ वटा क्याच लिइसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले ५३वटा क्याच लिएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले २७ वटा क्याच लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप