कोटेश्वरबाट ३८ हजार ट्याब्लेट ट्रामाडोलसहित ४ जना पक्राउ
आइतबार, ०२ असार २०८१, १५ : १०
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ कोटेश्वरस्थित सहयोगीनगरबाट प्रहरीले लागु औषध ट्रामाडोलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम रुकुम घर भएका २६ वर्षीय दीपेन्द्र ओली, भक्तपुर घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुङ्गा सुनकोशी गाउँपालिका–७ घर भएका ध्रुव कटवाल छन् ।
उनीहरूको साथबाट ३८ हजार ट्याब्लेट लागु औषध ट्रामाडोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
शनिबार साँझ प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ट्रामाडोल बरामद गरेर अनुसन्धान गरिरहेको छ । ट्रामाडोल चिकित्सकको सिफारिस बिना बिक्री वितरण गर्न पाइँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव