कोटेश्वरबाट ३८ हजार ट्याब्लेट ट्रामाडोलसहित ४ जना पक्राउ
आइतबार, ०२ असार २०८१, १५ : १०
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ कोटेश्वरस्थित सहयोगीनगरबाट प्रहरीले लागु औषध ट्रामाडोलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम रुकुम घर भएका २६ वर्षीय दीपेन्द्र ओली, भक्तपुर घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुङ्गा सुनकोशी गाउँपालिका–७ घर भएका ध्रुव कटवाल छन् ।
उनीहरूको साथबाट ३८ हजार ट्याब्लेट लागु औषध ट्रामाडोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
शनिबार साँझ प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ट्रामाडोल बरामद गरेर अनुसन्धान गरिरहेको छ । ट्रामाडोल चिकित्सकको सिफारिस बिना बिक्री वितरण गर्न पाइँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण