पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा टङ्कलाल घिसिङले उनीहरूलाई सम्मानित गरेका हुन् ।
सो अवसरमा एसियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँसहित सम्मानित गरिएको छ । त्यस्तै, पारा एसियाली खेलकुदमा कांस्य पद जित्ने पलेसा गोवर्द्धनलाई १३ लाख रुपैयाँ प्रदान गरियो ।

यसैगरी एसियाली खेलकुदमा कांस्य जित्ने महिला कबड्डी टोलीका प्रत्येक खेलाडीलाई ३ लाख ९० हजार गरी कूल ५२ लाख रुपैयाँसहित सम्मानित गरिएको थियो ।
यस्तै, टी–२० विश्वकपमा छनोट गराउने नेपाली क्रिकेट टोलीलाई पनि सम्मानित गरिएको छ । टोलीका प्रत्येक सदस्यलाई १३ लाख रुपैयाँ प्रदान गरिएको छ । यसरी नेपाली क्रिकेट टोलीले कूल २ करोड ४ लाख ७५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण