अनलाइन जुवाबाट २४ करोडको कारोबार, ६ जना युवक पक्राउ
काठमाडौँ । अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । वूल्फ ७७७ अनलाइन क्यासिनो साइटबाट जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको हो ।
पक्राउ पर्नेहरूमा रुपन्देही घर भएका २५ वर्षीय आकाश मिश्र, २२ वर्षीय अभिषेक जैसवला, २५ वर्षीय नितेश हरिजन, २९ वर्षीय रामु गिरी, २८ वर्षीय प्रतीक बस्याल र काठमाडौँ घर भएका २९ वर्षीय सजल श्रेष्ठ रहेका छन् । उनीहरूलाई विभिन्न मितिमा काठमाडौँ र रुपन्देहीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
उनीहरूले विभिन्न व्यक्तिहरूलाई बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जालमार्फत पठाई अनलाइन सट्टेबाजी खेलाउने गरेका थिए । २ महिना अगाडिदेखि अन्दाजी २४ करोड रकम बराबरको शङ्कास्पद अनलाइन कारोबार गरेको बोगटीको भनाई छ ।
उनीहरूमाथि मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ अन्तर्गतको सट्टेबाजी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण