३ करोड २९ लाख खर्चेर राष्ट्र बैंकले गाडी किन्दै
सोमबार, ०३ असार २०८१, ११ : ११
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन (कार) किन्ने भएको छ ।
नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.सँग बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको हो ।
गत वैशाख २४ गते एक सूचना जारी गर्दै राष्ट्र बैंकले आवश्यक ६ थान पेट्रोलियम (डिजेल/पेट्रोल) कार किन्न चाहेको भन्दै सार्वजनिक बोलकबोल आह्वान गरेको थियो ।
उक्त बोलकबोलमा परेको आवेदनका आधारमा न्यूनतम मूल्याङ्खित सारभूत प्रभावग्राहीका हिसाबले लक्ष्मी इन्टरकन्टिनेन्टललाई छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ ।
कम्पनीले ६ वटा कारका लागि कूल ३ करोड २९ लाख ७० हजार रुपैयाँ प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण