३ करोड २९ लाख खर्चेर राष्ट्र बैंकले गाडी किन्दै
सोमबार, ०३ असार २०८१, ११ : ११

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन (कार) किन्ने भएको छ ।
नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.सँग बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको हो ।
गत वैशाख २४ गते एक सूचना जारी गर्दै राष्ट्र बैंकले आवश्यक ६ थान पेट्रोलियम (डिजेल/पेट्रोल) कार किन्न चाहेको भन्दै सार्वजनिक बोलकबोल आह्वान गरेको थियो ।
उक्त बोलकबोलमा परेको आवेदनका आधारमा न्यूनतम मूल्याङ्खित सारभूत प्रभावग्राहीका हिसाबले लक्ष्मी इन्टरकन्टिनेन्टललाई छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ ।
कम्पनीले ६ वटा कारका लागि कूल ३ करोड २९ लाख ७० हजार रुपैयाँ प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)