अमेरिकी प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका नेपाली मूलका एड्रियन पोखरेल पराजित
अमेरिका । अमेरिकी प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका नेपाली मूलका पूर्व अमेरिकी सैनिक तथा विकलाङ्ग एड्रियन आशिष पोखरेल भर्जिनिया राज्यको निर्वाचन क्षेत्र १० मा पराजित भएका छन् । भर्जिनिया राज्यमा जुन १८ मा सम्पन्न भएको प्राथमिक निर्वाचनमा उनले विजय हासिल गर्न सकेनन्।
उनी उक्त क्षेत्रबाट डेमोक्राटिकको तर्फबाट अमेरिकी संसद्को लागि उम्मेदवारी दिएका थिए । यसरी अमेरिकामा सिधै अमेरिकी सङ्घीय सरकारको लागि अमेरिकी प्रतिनिधि सभाको लागि उम्मेदवार हुने पोखरेल अहिले सम्मकै तेस्रो नेपाली अमेरिकी हुन् । अमेरिकामा अहिले पनि राज्य स्तरमा दुई जना विधान सभा सदस्य अर्थात् सांसदहरू छन् ।
तर निर्वाचन क्षेत्र १० बाट भारतीय मूलका सुहास सुब्रमन्यम विजयी भएका छन् । उनी वर्तमान भर्जिनिया राज्यको ३२ औ क्षेत्रका सिनेटर हुन् । उनी त्यस भन्दा पहिले भर्जिनिया राज्यकै ८७ औ क्षेत्रका संसद् पनि थिए भने उनी पेसाले अधिवक्ता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण