संसदीय छानबिन विशेष समितिले दियो काममा तीव्रता, सीआइबीको रिपोर्ट लिँदै
काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले कामलाई तीव्रता दिएको छ । बुधबार बिहान ११ बजेदेखि सिंहदरबारमा समितिको बैठक जारी छ ।
अहिले कानुन व्यवसायी र प्रहरी महानिरीक्षकसँग छलफल गरिरहेको समितिकी सदस्य ईश्वरी न्यौपानेले बताइन् । ‘आज सीआइबीको रिपोर्ट मौखिक होइन लिखित डकुमेन्ट लिन्छौँ,’ उनी भनिन् ।
मंगलबार बसेको समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्बद्ध निकायसँग प्रारम्भिक छलफल भएको थियो । उनीहरुले कानुनी र व्यवहारिक पक्षको जानकारी गराएको थिए ।
समस्याग्रस्त २० वटा सहकारीका अध्यक्ष र पदाधिकारीहरूले प्रतिवेदन बुझाएका थिए । तीन वटा सहकारीको समस्या समाधान भइसकेको समितिलाई जानकारी गराइएको छ । न्यौपानेका अनुसार समितिलाई म्यान्डेट दिएका ९ वटा (उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएका) सहकारीको कागजात उपलब्ध गराउन समितिले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण