स्काउट समय सापेक्ष हुन जरुरी छ : खेलकुद मन्त्री श्रेष्ठ

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताएका छन् । बुधवार नेपाल स्काउटको ७३ औँ स्थापना दिवसको अवसरमा बोल्दै श्रेष्ठले २१ औँ शताब्दीमा स्काउट कस्तो हुनुपर्छ भन्ने हिसाबले अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।
उनले स्काउट समय सापेक्ष बनाउँदा आफ्नो धर्म र मर्म बिर्सिनु नहुने बताए । उनले भने, ‘स्काउट समय सापेक्ष पनि हुनुपर्छ । २१ औँ शताब्दीमा स्काउट कस्तो हुनुपर्छ । यो भन्दै गर्दा स्काउटको मूल्य मान्यताहरू नबिर्सीकन, आफ्नो जरा नबिर्सीकन । धेरै जसो संस्थाहरू समय सापेक्ष हुने क्रममा आफू को हो ? र केका लागि स्थापना भएको पनि बिर्सिने चलन छ । तर स्काउटले २१ औँ शताब्दी सापेक्ष हुने तर आफ्नो जरा नबिर्सीकन, आफ्नो माटो नबिर्सिने पनि हुनुपर्छ । अबको आवश्यकता भनेको डिजिटल लिट्रेसी पनि हो ।’
उनले स्काउटले दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्काउट राम्रो संगठन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’