स्काउट समय सापेक्ष हुन जरुरी छ : खेलकुद मन्त्री श्रेष्ठ
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताएका छन् । बुधवार नेपाल स्काउटको ७३ औँ स्थापना दिवसको अवसरमा बोल्दै श्रेष्ठले २१ औँ शताब्दीमा स्काउट कस्तो हुनुपर्छ भन्ने हिसाबले अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।
उनले स्काउट समय सापेक्ष बनाउँदा आफ्नो धर्म र मर्म बिर्सिनु नहुने बताए । उनले भने, ‘स्काउट समय सापेक्ष पनि हुनुपर्छ । २१ औँ शताब्दीमा स्काउट कस्तो हुनुपर्छ । यो भन्दै गर्दा स्काउटको मूल्य मान्यताहरू नबिर्सीकन, आफ्नो जरा नबिर्सीकन । धेरै जसो संस्थाहरू समय सापेक्ष हुने क्रममा आफू को हो ? र केका लागि स्थापना भएको पनि बिर्सिने चलन छ । तर स्काउटले २१ औँ शताब्दी सापेक्ष हुने तर आफ्नो जरा नबिर्सीकन, आफ्नो माटो नबिर्सिने पनि हुनुपर्छ । अबको आवश्यकता भनेको डिजिटल लिट्रेसी पनि हो ।’
उनले स्काउटले दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्काउट राम्रो संगठन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण