नक्कली ब्लुबुक बनाएको आरोपमा ४ जना पक्राउ
काठमाडौँ । सवारी दर्ता प्रमाण पत्र ‘ब्लुकुक’ नक्कली बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी घर भएका ३८ वर्षीय विरेन्द्र सिंह साउद, चितवन घर भएका ३८ वर्षीय मनोज कुमार सुनार बराली, रामेछापका शान्त कुमार मगर र डोटी घर भएका ३२ वर्षीय पवन सिंह छन् ।
आरोपीहरूले एभरेष्ट बैंकका ऋणी गजेन्द्र लोहनी विश्वकर्माको नाममा भएको बा.२० च ६४६७ नम्बरको ब्रेजा कार र भक्तपुर घर भएका भरत त्वयनाको नाममा भएको बिएडी–०२४७ नम्बरको अल्टो कारको ब्लुबुक किर्ते गरेका हुन् । मनोज कुमार बरालीको नाम राखेर अल्टो कारको ब्लुक किर्ते गरेर उनीहरुले डिक राखेर ५ लाख लिएको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।
ब्रेजा कार १५ लाखमा बेच्न खोजेपछि किन्न खोज्नेले शंका लागेर यातायात व्यवस्था कार्यालयमा बुझ्दा नक्कली पुष्टि भएको अनुसन्धानमा संलग्न डीएसपी चक्र मल्लले बताए । मनोज कुमार सुनार असअघि पनि किर्ते मुद्दामा पक्राउ परेर ५ लाख धरौटीमा छुटेको अपराध रेकर्ड भेटिएको छ । उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला पहरी परिसर जावलाखेलमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण