विश्वकप क्रिकेट
वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १८१ रनको लक्ष्य
बिहीबार, ०६ असार २०८१, ०८ : ११
काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत आज भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ । सुपर–८ को आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए । यस्तै, ३२ बल खेलेका किकोलस पुरन र १७ बलको सामना गरेका रोभम्यान पावेलले ३६÷३६ रन बनाउँदा १३ बल खेलेर २३ रन जोडेकाब्रेन्डन किङ रिटायर्ड हर्ट भए । शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्डले अविजित ५ रन बनाए ।
अदिल राशिद, इंग्ल्यान्डका जोफ्रा आर्चर, लियाम लिभिङस्टोन र मोइन अलीले समान एक÷एक विकेट आफ्नो नाममा गरे ।
यसअघि भएको सुपर–८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण