कप्तान रोहित भन्छन्– ‘बलरले राम्रो प्रदर्शन गरे, पिचको कन्डिसनले ब्याटिङमा समस्या देखियो’
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी–२० विश्वकपमा नेपालको ब्याटिङ तुलनात्मक रूपमा कमजोर देखिएको बताएका छन् । नेपाली टोली विश्वकपमा सहभागी भएर बिहीबार बिहान स्वदेश फर्किएको हो ।
टी–२० विश्वकपमा सहभागी भएर फर्किएको नेपाली टोलीको व्यवस्थापनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान पौडेलले अमेरिकाको पिचको अवस्थाका कारण पनि ब्याट्सम्यानले स्वाभाविक प्रदर्शन गर्न सकेको बताए ।
‘पिचको कन्डिसनले धेरै प्रभाव पार्यो । हामीले मात्र होइन, टेस्ट टोलीका चर्चित ब्याट्सम्यानले स्वाभाविक प्रदर्शन गर्न सकेनन् । हाम्रो समस्या पनि ब्याटिङमै रह्यो,’ उनले भनेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा जितको अत्यन्तै नजिक पुगेर चुक्दा निकै दुःख लागेको प्रतिक्रिया पनि दिए ।
उनले आफ्ना बलरहरूले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको पनि बताए । ‘हाम्रा बलरले सबैजसो खेलमा उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङमा केही कमजोरी रह्यो । पिचको कन्डिसनका कारण पनि यस्तो भएको हो । ब्याट्सम्यानलाई मात्र दोष दिएर पनि हुँदैन । खासगरी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा हामी जितको अत्यन्तै नजिक पुगेर पनि चुक्यौँ । निकै दुःख लाग्यो,’ उनले भने ।
कप्तान पौडेलले महत्वपूर्ण खेलमा ओपनिङ जोडी चल्न नसक्दा त्यसको दबाब अन्य ब्याट्सम्यानमा पर्ने गरेको धारणा पनि व्यक्त गरे । उनले आगामी दिनमा नेपाली टोलीले आफूभन्दा बलियो टोलीसँग बढीभन्दा बढी खेल खेल्नुपर्ने बताए ।
‘अब नेपाल क्रिकेट संघले दक्षिण अफ्रिका, श्रीलंकाजस्ता बलिया टोलीसँग बढीभन्दा बढी खेल खेलाउने व्यवस्था मिलाउनुपर्छ । क्यानले पनि यस विषयमा सोचेजस्तो लाग्छ,’ कप्तान रोहितले भने ।
यसैगरी नेपाली टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले पनि टी–२० विश्वकपमा त्यहाँको पिचको अवस्थाका कारण खेलाडीको प्रदर्शनमा केही समस्या देखिएको बताए ।
‘हाम्रा बलरले निकै राम्रो प्रदर्शन गरे । ब्याटिङमा केही समस्या देखियो । पिचको अवस्थाले पनि अप्ठ्यारो पा¥यो । तर, विश्व कपजस्तो ठुलो प्रतियोगिताबाट हाम्रा खेलाडी धेरै कुरा सिकेर फर्किएका छन्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण