रौतहटबाट स्रोत नखुलेको १४ लाख नगदसहित एकजना पक्राउ
बिहीबार, ०६ असार २०८१, १८ : ०१
काठमाडौँ । रौतहटबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका ३१ वर्षीय युवक छन् ।
उनलाई बौधिमाई नगरपालिका–७ स्थित बंकुलबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बोर्डर आउट पोष्ट सरमुजवाको टोलीले उनलाई पक्राउ गरेको हो । भारतीय नम्बरको मोटरसाइकलमा उनी भारतबाट नेपाल तर्फ आउँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण