निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानविरुद्ध उजुरी आह्वान
काठमाडौँ । निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले निर्वाचन आयुक्तका लागि प्रस्तावित प्रधानउपर कुनै उजुरी वा सूचना भए समितिमा सूचना दिन १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
संवैधानिक परिषद्को गत असार २ गते बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो । निर्वाचन आयुक्तका लागि प्रस्तावित व्यक्तिबारे कुनै उजुरी वा सूचना भएमा समिति समक्ष दिनका लागि उजुरी आह्वान गर्न समितिको सचिवालयलाई निर्देशन दिने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिसमशेर जबराले जानकारी दिए । समितिले सो उजुरीमाथि पनि छानबिन व्यवस्था छ ।
सभापति जबराले भने ‘प्रस्तावित व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्तिको सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’
प्रधान विगत दुई दशक बढी नेपाल कानुन समाजका कार्यकारी निर्देशकको जिम्मेवारी रहेका थिए । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका प्रधान नागरिक अगुवाहरूको आन्दोलनमा पनि सक्रिय रहँदै आएका थिए । प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । यसरी नियुक्त भएका निर्वाचन आयुक्तको पदावधि ६ वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण