प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिँदै आर्मेनियाद्वारा युद्धविरामको आह्वान
शुक्रबार, ०७ असार २०८१, १७ : ४४
गाजा । अर्मेनियाले प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता दिएको छ । एक विज्ञप्तिमा अर्मेनियाको विदेश मन्त्रालयले इजरायल–प्यालेस्टाइनबिच जारी द्वन्द्वलाई समाधानका लागि प्रतिबद्धता पनि व्यक्त गरेको हो ।
इजरायल र प्यालेस्टाइनबिच स्थायी र समावेशी शान्ति स्थापना गर्न दुई राष्ट्रको निर्माण नै एक मात्रै उपाय भएको विज्ञप्तिमा भनिएको छ ।
गाजाको अहिलेको अवस्था भयावह रहेको भन्दै अर्मेनियाले गाजामा फेरि युद्धविराम गर्न आह्वान पनि गरेको छ । अहिले विश्वका १ सय ४० भन्दा बढी देशले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिइसकेका छन् । यही वर्ष युरोप र क्यारेबियनका धेरै देशहरूले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण