बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बजेटको विरोधमा सांसद तामाङ रोष्टममै बसे मौन

शुक्रबार, ०७ असार २०८१, २१ : ३२
शुक्रबार, ०७ असार २०८१

हेटौँडा । राप्रपाका सांसद गिरिबहादुर तामाङले सरकारले बजेटमाथि विरोध जनाउँदै रोष्टममै मौन बसेका छन् । शुक्रबार बसेको  बागमती प्रदेशसभा बैठकमा राप्रपा बागमती प्रदेश संसदीय दलका उपनेता समेत रहेका तामाङ बजेटमाथिको विरोध गर्दै ५ मिनेट मौन बसेका हुन् ।

बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिने क्रममा रोष्टममैमा उपस्थित भएका उनले नीति तथा कार्यक्रम र बजेट निर्माणको समयमा सांसद निराश हुनुपर्ने र मन्त्री सम्पर्कविहीन अवस्था रहनु पर्ने बाध्यता रहेको बताए ।

‘बजेट निर्माण र छलफलका क्रममा सांसदहरू सधैँ निराश हुनु पर्ने र मन्त्रीहरू सम्पर्क विहीन हुनु परेको छ । यो निराश र सम्पर्क विहीन हुनु पर्ने अवस्थाको अन्त्य चाहिरहेको थिए मैले । तर, सो अवस्थाका कारण म कान नसुन्न र बोल्न नसक्ने अवस्थामा आएको छ । त्यसकारण सदनमा मैले बजेटको छलफलमा भाग लिन प्राप्त गरेको ५ मिनेट मौन बस्नेछु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप