बजेटको विरोधमा सांसद तामाङ रोष्टममै बसे मौन
हेटौँडा । राप्रपाका सांसद गिरिबहादुर तामाङले सरकारले बजेटमाथि विरोध जनाउँदै रोष्टममै मौन बसेका छन् । शुक्रबार बसेको बागमती प्रदेशसभा बैठकमा राप्रपा बागमती प्रदेश संसदीय दलका उपनेता समेत रहेका तामाङ बजेटमाथिको विरोध गर्दै ५ मिनेट मौन बसेका हुन् ।
बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिने क्रममा रोष्टममैमा उपस्थित भएका उनले नीति तथा कार्यक्रम र बजेट निर्माणको समयमा सांसद निराश हुनुपर्ने र मन्त्री सम्पर्कविहीन अवस्था रहनु पर्ने बाध्यता रहेको बताए ।
‘बजेट निर्माण र छलफलका क्रममा सांसदहरू सधैँ निराश हुनु पर्ने र मन्त्रीहरू सम्पर्क विहीन हुनु परेको छ । यो निराश र सम्पर्क विहीन हुनु पर्ने अवस्थाको अन्त्य चाहिरहेको थिए मैले । तर, सो अवस्थाका कारण म कान नसुन्न र बोल्न नसक्ने अवस्थामा आएको छ । त्यसकारण सदनमा मैले बजेटको छलफलमा भाग लिन प्राप्त गरेको ५ मिनेट मौन बस्नेछु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण