कोपा–अमेरिका फुटबल : पेरुसँग गोलरहित बराबरीमा रोकियो चिली
शनिबार, ०८ असार २०८१, ०८ : ०६
काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको शनिबार बिहान खेलिएको खेलमा पेरुले बलियो प्रतिद्वन्द्वी चिलीलाई गोलरहित बराबरीमा रोकेको छ । दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।
समूह ‘ए’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । तीन अङ्कसहित अर्जेन्टिना तालिकाको पहिलो स्थानमा आसीन छ ।
एक अङ्कसहित पेरु दोस्रो र समान अङ्क बटुलेको चिली तेस्रो स्थानमा छ । एक खेल खेलेको क्यानडाले भने अङ्क जोड्न सकेको छैन । समूहको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो ।
कोपा–अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करण अमेरिकामा आयोजना भइरहेको छ । प्रतियोगितामा १६ वटा टोली सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण