कृषि बीमाका लागि ९७ करोड रुपैयाँ स्वीकृत हुँदैछ : मन्त्री साह
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले कृषि बीमाका लागि ९७ करोड रुपैयाँ स्वीकृत हुने अवस्थामा रहेको बताएकी छन् । नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१ः२०१५ को लोकार्पण कार्यक्रममा उनले कृषि बीमा कम्पनीलाई ९७ करोड रुपैयाँ भुक्तानीका लागि स्वीकृत हुने अवस्थामा रहेको बताएकी हुन् ।
सरकारले कृषि तथा पशुको बीमामा अनुदान दिँदै आएको छ । सोका लागि चालु आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने रकम ३ अर्बमध्ये १ अर्ब ९३ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । ‘बीमा कम्पनी बन्द हुने अवस्थामा रहेको थियो,’ उनले भनिन्, ‘बीमा कम्पनी हाल सञ्चालनमा आएको छ । अनुदान बापत सरकारले ३ अर्ब रकम दिन बाँकी थियो, १ अर्ब ४५ करोड पाइसकेको छ । ९७ अर्ब स्वीकृत हुने अवस्थामा छ । ४८ करोड रुपैयाँ रकम मैले नै भुक्तानी गराएको हुँ ।’
मन्त्री साहले पशु वा कृषि बीमाबारे आम नागरिकलाई जानकारी नरहेको बताएकी छन् । सोबारे सचेतना फैलाउनुपर्ने सुझाइन् । ‘कृषि तथा पशुको बीमा हुन्छ, कतिपयलाई थाहा नै छैन यसबारे सचेतना फैलाउन जरुरी छ,’ उनले भनिन्, ‘लम्पी स्किन रोगका समयमा हामीले किसानलाई मलम लगाउन सकेनौँ, बीमामा किसानको प्रत्यक्ष पहुँच हुन सकेको छ वा छैन त्यसबारे अनुगमन गर्नुपर्छ ।’
मन्त्री साहले स्थानीय तहसम्म किसानको पहुँच हुन नसकेको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण