एउटा जमात अवैध सम्पत्ति लुकाउन सिङ्गो सहकारीकै बदनाम गर्दैछ ः मन्त्री अर्याल
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले, केही व्यक्तिहरूले गरेको अपराधले सिङ्गो संस्थालाई नै बदनाम गर्ने गरेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित ‘सहकारी रोजगार मेला २०८१’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीको योगदानलाई भुलेर केही व्यक्तिहरूले गरेको अपराधले सिङ्गो संस्थालाई नै बदनाम गराउने काम भइरहेको बताएका हुन् ।
उनले भने, ‘नेपालमा सहकारीको मूल्य मान्यता अनि नेपालमा सहकारीको माध्यमबाट भइरहेको विकास, लाखौँ मानिसको रोजगारी हो सहकारी हो । सहकारीले जुन आफूसँग उत्पादन भएको उत्पादनलाई बजारमा लिएर जानको लागि ठुलो सहयोग गर्यो । हामीले यी कुराहरूलाई चटक्कै बिर्सन्छौ र समाजमा रहेका केही मानिसहरू जो औँलाले गन्दा भ्याउने छन् । त्यो क्षेत्रमा आएर अपराध गर्छन् । अनि सबैले संस्थालाई नै बदनाम गर्नेतिर लाग्छन् । र बदनाम गर्न संघ, संस्था, महासंघहरू खुलेर नै लागि पर्छन् ।’
उनले अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त र अर्को अवैध सम्पत्ति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गर्ने प्रयासमा लागिरहेको टिप्पणी गरे ।
उनले भने, ‘अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त । अर्को जमात आफूहरूले राखेका अवैध सम्पत्ति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गरिरहने प्रयासमा लागिरहेका छन् । त्यसैले सहकारीले यो देशको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि के कस्तो योगदान पुर्याएको छ । सुसूचित गराउन आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण