अनलाइन सट्टेबाजी गराएको गराएको आरोपमा युवक पक्राउ, २ करोड ७२ लाख कारोबार
आइतबार, ०९ असार २०८१, १९ : ५३
काठमाडौँ । अनलाइन मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–५ घर भएका ३० वर्षीय किपेश महर्जन छन् ।
महर्जनले विभिन्न व्यक्तिको नाममा वालेट तथा बैंक खाता संचालन गरेर २ करोड ७२ लाख कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) काजी कुमार आचार्यले बताए ।
अनलाइनमार्फत बेटिङ साइटहरुमा पहुँच राखेर उनले ‘बाजी राख्दा जितिन्छ’ भनेर सट्टेबाजी गराएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनलाई कानुनी कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण