टोखाबाट खैरो हेरोइनसहित दुईजना पक्राउ
आइतबार, ०९ असार २०८१, २१ : ०१
काठमाडौँ । प्रहरीको काठमाडौंको टोखा नगरपालिका–९ स्थित लक्ष्मीनगरबाट लागु औषध सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया घर भएर गोकर्णेश्वर बस्ने २९ वर्षीय कृष्ण चलाउने र २७ वर्षीय गौरव चौधरी छन् ।
उनीहरूको साथबाट २ दशमलव ७ ग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । सो लागु औषध परीक्षण गर्न पठाइने एसपी अधिकारीले बताए । उनीहरूको साथबाट प्रहरीले २४ हजार नगद पनि बरामद गरेको छ । आरोपीहरू विरुद्ध प्रहरी वृत महाराजगन्जले लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण