अन्तिम समयमा गोल गर्दै जर्मनी समूह विजेता
फ्रांकफर्ट । स्विट्जरल्यान्डलाई बराबरीमा रोक्दै आयोजक जर्मनी समूह ‘ए’ को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । निकलास फुलक्रुगले इन्जुरी समयमा गोल गरेपछि जर्मनी र स्विट्जरल्यान्डबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।
सोमबार बिहान भएको खेलमा अग्रता भने स्विट्जरल्यान्डले लिएको थियो । खेलको २८ औँ मिनेटमा डान एनडोयोले स्विस टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।
जितसँगै समूहको विजेता बन्ने सपना बोकेको स्विट्जरल्यान्डलाई ९२ औँ मिनेटमा फुलक्रुगले ठुलो झट्का दिए । योसँगै जर्मनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
बराबरीपछि ३ खेलबाट जर्मनीको ७ अङ्क रहेको छ । स्विस टोलीले समान खेलबाट ५ अङ्क रहेको छ ।
यस समूहको अन्य खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हरायो । यो नतिजापछि हंगेरीले प्रतियोगिताको नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ भने स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । हंगेरीको ३ अङ्क छ भने स्कटल्यान्डको १ अङ्क मात्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण