बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा हतियारसहित १ जना भारतीय पक्राउ

सोमबार, १० असार २०८१, १० : २७
सोमबार, १० असार २०८१

रौतहट । सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराति एकथान नलकटुवा पेस्तोल सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला गौरको पारी बैरगनिया ३ असोगी बस्ने बर्ष २१ को राहुल राम रहेका छन्। उनको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए । 

गौर नगरपालिका २ महादेव पटी टोलछेउ नेपाल भारत अन्तर्राष्ट्रिय सीमा स्तम्भ नजिकै सशस्त्र प्रहरीले राखेको छड्के चेक प्वाइन्टमा खटेको ड्युटी टोलीले आइतबार राती साढे १२ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको रामले चलाएको मोटरसाइकल जाँच गर्दा टुलबक्स भित्र लुकाई राखेको उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। 

पक्राउ परेका रामसँगै मोटरसाईकलमा सवार अर्का एक जना भारतीय भने भारततर्फ भाग्न सफल भएका थिए। 

बरामद पेस्तोल, एकथान मोबाईल र मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप