बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बर्दियामा चट्याङ लागेर खेतमा जोतिरहेका एक जनाको मृत्यु

सोमबार, १० असार २०८१, १० : ३१
सोमबार, १० असार २०८१

बर्दिया । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो । 

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप