सरकारी छाप किर्तेमा फरार प्रतिवादी पक्राउ
सोमबार, १० असार २०८१, १० : ३७
काठमाडौँ । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका विकास राउत छन् ।
३७ वर्षीय राउतलाई काठमाडौँ जिल्ला अदालतले ५ महिना १५ दिन कैद र २५ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । २०६६ मा सो फैसला भएपछि उनी फरार थिए ।
प्रतिवादी राउतलाई लुभुबाट पक्राउ गरेर फैसला कार्यान्वयनको लागी काठमाडौँ जिल्ला अदालतमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण